४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

मनोनय दर्ताको पहिलो दिन बागलुङका निर्वाचन अधिकृत कार्यालयहरु सुनसान


११ बैशाख २०७९, आइतबार  

0
Shares

बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् ।


राजनीतिक दल र उम्मेदवारलाई सहज होस् भनेर शनिबार पनि निर्वाचन अधिकृतको कार्यालय खोलेर फारम वितरण गरेको भएपनि हालसम्म उम्मेदवारी दिन कुनै राजनीतिक दलका उम्मेदवार नआएको निर्वाचन अधिकृतको कार्यालय बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताए ।

सोधपुछ र फारम लैजानका लागि फाटफुट मानिस आएपनि उम्मेदवारी दर्ताका लागि कोही नआएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क खत्रीले बताए ।

 

जिल्लाको बडिगाड गाउँपालिकामा नेपाली कांग्रेले उम्मेदवारी दर्ताका लागि १२ गते दिउँसो ३ बजेदेखि ५ बजे सम्मलाई समय माग्दै पत्र पठाएको निर्वाचन अधिकृत सीतादेवी सुवेदीले बताइन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ३६ बजे