सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार धनजन राईको अग्रता रहेको छ ।

गाउँपालिका अध्यक्षका उम्मेदवार राईले ३४९ मत गणना हुँदा १६७ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् । राईलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार डुफकुमार बास्तोलाले ११४ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार भुपेन्द्र कट्टेलले ३४ मत प्राप्त गरेका छन्, भने जनता समाजवादी उम्मेदवार हेमन्त राईले २ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विना राईको १५८, नेकपा एमालेका उम्मेदवार सिर्जना राईको १०६, नेकपा एकीकृत समाजवादीका उम्मेदवार डिल्ली राईको २३ र जनता समाजवादीको उम्मेदवारले १३ मत प्राप्त गरेका छन् ।

वडा नं. १ अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसकै उम्मेदवार रमेश राईले १५५, नेकपा एमालेका जसबहादु राईले १३४, माओवादी केन्द्रका उम्मेदवारले २७ र जनता समाजवादीका उम्मेदवारले ३ मत प्राप्त गरेका छन् ।
नेचासल्यान गाउँपालिका वडा नं. १ मा २१४३ मतदातामध्ये १३५० मत खसेको थियो ।







