सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेर विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमाछिरी शेर्पा र उपाध्यक्षमा एमाले कै टासील्हामु शेर्पा विजयी भएका छन् ।

अध्यक्षमा मिङमाछिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेस कै निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरी उपविजेता बनेका छन् ।
५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेका छन् भने बाँकी वडाहरु नेकपा एमालेले जितेको निर्वाचन समितिले जनाएको छ ।








