१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

सोताङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका खिलराज बस्नेत निर्वाचित



सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार खिलराज बस्नेत निर्वाचित भएका छन् । यस अघि एमालेले जितेको उक्त पालिकामा एमालेका उम्मेदवारलाई १ सय २८ मतले पछि पार्दै काँग्रेस महासमिति सदस्य बस्नेत पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले १ हजार ६ सय ४८ मत ल्याउँदा निकटतम प्रतिश्पर्धि एमालेका उम्मेदवार प्रकास कार्कीले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । त्रिपक्षि प्रतिश्पर्धाको आँकलन गरिएको उक्त पालिकामा नेकपा माओबादी केन्द्रका उम्मेदवार दिपक खड्का १ हजार ३ सय ५३ मतमा सिमित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार अन्जु नाछिरिङ विजयी भएकी छिन् । उनले १ हजार ६ सय ६९ मत ल्याउँदा एमाले उम्मेदवार मनसरी राईले १ हजार ६ सय ३४ मत पाएकी छिन् । ५ वटा वडा रहेको सोताङ गाउँपालिकाका ३ वडामा काँग्रेस र २ वडामा एमालेले जित हासिल गरेको छ ।

वडा नम्बर १ मा काँग्रेसका जंगबहादुर गुरुङ, वडा नम्बर २ मा नेकपा एमालेका श्याम राई, वडा नम्बर ३ मा नेपाली काँग्रेसका गोकर्ण बस्नेत, वडा नम्बर ४ मा काँग्रेसकै दिप राई र वडा नम्बर ५ मा नेकपा एमालेका मानवीर राई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : २८ बजे