४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026

महेन्द्र बस्नेत युवा मामिला उपसभापतिमा निर्विरोध



काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्विरोध निर्वाचित भएका छन्। समितिको तेस्रो अधिवेशनबाट उनी उक्त पदमा चयन भएका हुन्। अधिवेशनले मुनिन्द्र नेम्वाङलाई सभापतिमा निर्वाचित गरेको छ।

नेपालमा नेपाल विद्यार्थी संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै लामो समय विद्यार्थी राजनीतिमा सक्रिय बस्नेत अमेरिकामा पुगेपछि पनि एनआरएनएलगायत सामाजिक तथा सामुदायिक संस्थामार्फत नेपाली समुदायसँग जोडिँदै आएका छन्।

युवा मामिला उपसभापतिको जिम्मेवारी पाएपछि बस्नेतले नेपाली युवालाई संगठनसँग जोड्ने, नेतृत्व तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र शिक्षा, रोजगारी, उद्यमशीलता तथा सामाजिक सेवामा युवाको सहभागिता बढाउने बताएका छन्।

Sagarmatha

निर्विरोध निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा अधिवेशनका प्रतिनिधि, अग्रज, सहकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहिबार  ९ : ५१ बजे