१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

आगलागी हुँदा रु दुई लाख बराबरको क्षति


१६ माघ २०७३, आइतबार  

0
Shares

रामपुर(पाल्पा), १६ माघ । पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ ।
भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताउनुभयो ।

आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको घरमा शरण लिएर बसेको वडा नागरिक मञ्चका संयोजक टुकबहादुर सोतीले बताउनुभयो ।

गाउँ र छिमेकिबाट अन्नपात, लत्ताकपडा र केही आर्थिक रकम जुटाएर तत्कालका लागि उनलाई बासस्थानको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १६ माघ २०७३, आइतबार  ६ : ४७ बजे