नेता आचार्य एक वर्षपछि संसद्मा

0 Shares

काठमाडौँ, १९ माघ । स्वास्थ्यमा सुधार भएपछि नेपाली काँग्रेसका नेता नरहरि आचार्यले आज एक वर्षपछि व्यवस्थापिका–संसद्को बैठकमा भाग लिनुभयो ।

गत वर्षको पुस २६ गते सो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जलि दिने क्रममा हृदयाघातका कारण अचेत हुनुभएका नेता आचार्य स्वास्थ्यमा सुधार आएपछि राजनीतिक गतिविधिमा संलग्न हुन थाल्नुभएको हो । उहाँ गाडीबाट ओर्लिएपछि सहयोगीलाई हात समाउन लगाएर बैठक कक्षमा जानुभएको थियो ।

हाल पक्षघातको उपचार गराइरहनु भएका सांसद आचार्यले बैठक कक्षबाट बाहिरिएपछि पत्रकारसँग विस्तारै सबै कामलाई निरन्तरता दिने बताउनुभयो । उहाँले आफू लेखपढ र विचार निर्माणमा अलि अगाडिदेखि लागे पनि चिकित्सकको परामर्शमा फिजियोथेरापीमै व्यस्त रहनुपर्ने भएकाले राजनीतिक गतिविधिमा आउन ढिलो भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार