७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

कर्णालीलाई बुझ्न उहीँ पुग्नुपर्छ’


१९ माघ २०७३, बुधबार  

0
Shares

काठमाडौँ, १९ माघ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले जेठ पहिलोहप्ताभित्र निर्वाचन गर्ने विषयमा सरकारले नेकपा (एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरिरहेको बताउनुभएको छ ।

पत्रकार पुरीचन्द्र देवकोटाद्वारा लिखित ‘कर्णाली दर्पण’को आज यहाँ विमोचन गर्दै मन्त्री केसीले तीन दिनभित्र एमाले र मोर्चासँग छलफल गरेर जेठ पहिलो हप्ताभित्र निर्वाचन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चा वा एमालेलाई पन्छाएर निर्वाचनमा जानु हुँदैन ।”

मन्त्री केसीले संविधान संशोधन हुनुहुँदैन भन्ने सोच अतिवादी भएको बताउँदै सबै जनताको भावनालाई समेट्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस जुम्लाका सांसद ललितजङ्ग शाहीले सरकार कर्णालीप्रति गम्भीर नभएको आरोप लगाउँदै भन्नुभयो, “काठमाडौँ बसी कर्णालीको फोटो बेचेर डलर कमाउने धन्दा धेरै भएको छ, यो कर्णालीलाई झन् पछाडि पार्ने खेल हो ।”

पत्रकार नवराज लम्सालले कर्णाली बुझ्न कर्णाली नै पुग्नुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले कर्णालीको ऐतिहासिक पक्षलाई जनतामाझ बुझाउनु जरुरी छ भन्नुभयो ।

प्रकाशित मिति : १९ माघ २०७३, बुधबार  ११ : ४६ बजे