२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

विद्युत् सेवा अवरुद्ध


२३ माघ २०७३, आइतबार  

7
Shares

जाजरकोट, २३ माघ । जाजरकोटकोे गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ ।

नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो । विद्युत् उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाका अनुसार नहर मर्मत गर्न आर्थिक अभाव भएको र तत्काल कतैबाट सहयोग हुने स्थिथि नभएकाले विद्युत् सेवा नियमित गर्न समय लाग्ने जानकारी दिनुभयो । निर्माणको क्रममा गुणस्तरमा ख्याल नगरेकाले समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७३, आइतबार  १२ : २५ बजे