९ असार २०८२, मंगलबार | Tue Jun 24 2025

करेन्ट लागेर एकको मृत्यु



लहान, १७ भदौ । करेन्ट लागेर सिरहाको पिप्रा प्र.ध. गाविसमा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३८ वर्र्षीय दिनेश कामैत रहेको प्रहरीले जनाएको छ । आफ्नै धान खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लाग्दा कामैतको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ । रासस

प्रकाशित मिति : १७ भाद्र २०७३, शुक्रबार  २ : १७ बजे