३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ


२८ माघ २०७३, शुक्रबार  

0
Shares

 

राजविराज, २८ माघ । सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो समोसा हो भनी बेचबिखन गर्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

पसलमा सडेगलेको समोसा खरिद गरी खाने स्थानीय मानिस बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय राजविराजमा मौखिक उजुरी आएपछि यस कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले सो मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा समोसा र खानेकुरासमेत फेला पारेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

Sagarmatha

पक्राउ परेका पसल सञ्चालक साहमाथि कालोबजारी मुद्दामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २८ माघ २०७३, शुक्रबार  ४ : ०१ बजे