२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

अनेरास्ववियु केन्द्रीय सदस्य राईको निधन



काठमाडौँ, २८ माघ । नेकपा ९एमाले० निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ ।

यही माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा पर्नुभएका २७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएको हो । खोटाङ स्थायी घर भएका राई सङ्गठनको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई आज पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने युवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ माघ २०७३, शुक्रबार  ४ : ०४ बजे