२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

खाल्टोमा पुरिएको अवस्थामा युवतीको शव फेला


४ फाल्गुन २०७३, बुधबार  

0
Shares

कैलाली, ४ फागुन । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा एक युवतीको शव हत्या गरेर घरनजिकैको खाल्टोमा पुरिएको अवस्थामा फेला परेको छ ।

यही माघ २७ गतेदेखि बेपत्ता भएको भनिएकी १६ वर्षीय अञ्जली सिंहलाई हत्या गरेर घरनजिकै खाल्टोमा पुरिएको अवस्थामा प्रहरी टोलीले हिजो फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभएको छ ।

छ दिन अघिदेखि छोरी हराएकाले खोजी गरिदिन भनी अञ्जली पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो भने त्यसको लगत्तै गरिएको अनुसन्धानबाट शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टोे अवस्थामा फेला पारेकोे कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्दले बताउनुभएको छ ।

Sagarmatha

अञ्जली र हिक्मत दुबैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धानका लागि हिक्मत सिंहलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७३, बुधबार  ९ : ११ बजे