५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

ट्रक दुर्घटनामा आठ घाइते, दुईको अवस्था गम्भीर



इलाम, ९ फागुन । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को.३ प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का १७ वर्षीय राजीव विक, कन्काई नपा–२ का ३३ वर्षीय राजेश राई, धाइजन–४ का २१ वर्षीय विवेक सुब्बा, कन्काई नपा–८ कै २६ वर्षीय सुमन पौडेल सामान्य घाइते र झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई नपा–८ कै ४२ वर्षीय दीपक राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि झापाको विर्तामोडस्थित बी एन्ड सीमा लगिएको छ । ट्रक अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Sagarmatha

प्रकाशित मिति : ९ फाल्गुन २०७३, सोमबार  ६ : २३ बजे