३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

अस्पतालको सेवा ठप्प



तिलोत्तमा (रुपन्देही), ९ फागुन । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको विरोधमा बिहानैदेखि चिकित्सकले सुरक्षाको माग गर्दै सेवा अवरुद्ध गराएका छन् ।

आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ ।

गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकष्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गालीगलोज गरेको चिकित्सकले बताएका छन् । घटनाको विरोध गर्दै सेवा अवरुद्ध बनाइएपछि उपचारमा आएका बिरामी अलपत्र परेका छन् ।
चिकित्सकले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सेवा अवरुद्ध बनाएका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेलले घटनाका विषयलाई लिएर दुवै पक्षबीच वार्ता भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७३, सोमबार  १ : ०३ बजे