२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मोर्चाद्वारा राजविराजमा प्रदर्शन


११ फाल्गुन २०७३, बुधबार  

0
Shares

राजविराज, ११ फागुन । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको मोर्चाको मसाल जुलुसमा सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरुको माग सम्बोधन नहुन्जेलसम्म कुनै पनि निर्वाचन हुन नदिने भन्दै राजविराजका विभिन्न भागको परिक्रमा गर्दे स्थानीय जनआन्दोलन चोकमा गएर सम्पन्न भएको थियो ।

सरकारले घोषणा गरेको निर्वाचनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको मधेस बन्दको पूर्वसन्ध्यामा मङ्गलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको मोर्चाले जनाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको थियो ।

त्यस्तै, मोर्चाका कार्याकर्ताले जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगरलगायतका ठाउँमा समेत मसाल जुलुस प्रर्दशन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७३, बुधबार  ४ : १२ बजे