२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


१३ फाल्गुन २०७३, शुक्रबार  

7
Shares

गुलरिया (बर्दिया), १३ फागुन । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो ।

भे २ प ६६६५ नंको मोटरसाइकल दुर्घटना हुँदा दैलेख जम्मुकाँध घर भई बर्दियाको सूर्यपटुवा ठाकुरद्वारा सिँचाइ आयोजनामा कार्यरत नवीन भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । मोटरसाइकल चालक शिवपुर–९ का सञ्जय थारूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७३, शुक्रबार  ६ : १५ बजे