३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

मोटरसाइकलको ठक्करले एकको मृत्यु


१३ फाल्गुन २०७३, शुक्रबार  

7
Shares

 

महेन्द्रनगर (धनुषा), १३ फागुन । मोटरसाइकलले ठक्कर दिँदा गएराति जनकपुरमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ ।

पुरोहित काम गर्दै आएका उनी आफ्नो जजमानको घरमा पूजा गराउन साइकलमा सवार भई जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेका बेला लक्ष्मीनिया सडकखण्डमा ज३प २३५९ नंको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

जिप्रकाले दिएको जानकारीअनुसार मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय अभिनित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७३, शुक्रबार  ८ : ४१ बजे