१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

महासङ्घ दाङको अध्यक्षमा प्रियासन


१४ फाल्गुन २०७३, शनिबार  

0
Shares

दाङ्, १४ फागुन । नेपाल पत्रकार महासङ्घ दाङको निर्वाचनमा सविन प्रियासन विजयी हुनुभएको छ । महासङ्घको १० आँैं जिल्ला अधिवेशनबाट उहाँ गएराति विजय हुनुभएको हो ।

कुल २४३ मतमध्ये एक सय ४९ मत पाएर उहाँ निर्वाचित हुनुभएको हो ।
पत्रकार महासङ्घको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेसयुनियन र प्रेस सेन्टरको साथ रहेको थियो । निर्वाचनबाट पदाधिकारीमा उहाँकै प्यानल विजयी भएका छन् ।

प्रियासन नेतृत्वको संयुक्त प्यानलबाट उपाध्यक्षमा डिल्ली मल्ल (प्रेस सेन्टर), महिला उपाध्यक्षमा लिला शाह(प्रेस युनियन) र र सचिवमा भूपेन्द्र प्रकाश ओली (प्रेस सेन्टर) निर्वाचित हुनुभएको छ ।

सहसचिवमा गोकर्ण पौडेल (प्रेस चौतारी), महिला सहसचिवमा शर्मिला विसी (प्रेस युनियन) र कोषाध्यक्षमा आरके शितल (प्रेस युनियन) निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला सदस्यमा जनक नेपाली, पाण्डवप्रसाद शर्मा, सुुवास डिसी, भरतराज शर्मा, दामोदर बस्नेत, लीलाधर वली, केशरमान विसी, नारायण भण्डारी विजय हुनुभएको छ ।

महिला सदस्यतर्फ सविता चौधरी, जनजाति तर्फ प्रेमबहादुर घर्ती, निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रीय पाषद्मा विपुल पोख्रेल, सुदिप गौतम, अर्जुन गिरी, सुदर्शन रिजाल, सन्तोष सुवेदी, नारायणी रजौरे, केएल पीडित, सुनिलकुमार बस्नेत, हेमराज शर्मा, छविलाल कोपिला, जेएन सागर, देवीराम कुसारी, केपी घिमिरे, वंशीकुमार शर्मा, लक्ष्मी आचार्य, प्रकाश चौरी, सुलोचन गौतम, नरेन्द्र केसी, सुरेशसुमन डाँगी, उदय जिएम विजय हुनुभएको निर्वाचन अधिकृत सुशील गौतमले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७३, शनिबार  ७ : ५३ बजे