२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

दश लाखको अक्षयकोष स्थापना


१६ फाल्गुन २०७३, सोमबार  

0
Shares

धनगढी, १६ फागुन । यस क्षेत्रका साहित्यकार मनिराज जोशीको परिवारले रु १० लाख राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना गरी साहित्यिक पुरस्कारको घोषणा गर्नु भएको छ ।

यहाँ आइतबार आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार जोशी र उहाँका छोराहरू गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोश्यारा जोशीले संयुक्तरुपमा रु १० लाखको अक्षयकोष खडा गरी ‘मनिराज वाङ्मय अक्षय कोष’ खडा गरी पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)ले आयोजना गरेको साहित्यिक समारोहमा सो पुरस्कारको घोषणा गरिएको हो ।

Sagarmatha

कार्यक्रममा पुरस्कार सञ्चालनको जिम्मा पाएको नेपाली साहित्यिक तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशीलाई अक्षयकोष खडा गर्ने जोशी परिवारका सदस्यले कोषमा जम्मा गर्न रु १० लाखको चेकसमेत हस्तान्तरण गर्नुभएको थियो । साहित्यिकार मनिराज जोशी आधा दर्जन महाकाव्य र दुई दर्जन जति कृतिका रचनाकार हुनु्हुन्छ ।

कला साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई बर्सेनि सम्मान गर्ने लक्ष्यसहित यो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानले सुदूरपश्चिम क्षेत्रमा शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल प्रहरीका नायब महानिरीक्षक विजयराज भट्ट र सशस्त्र प्रहरीका नायब महानिरीक्षक राजेश श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७३, सोमबार  ६ : ३६ बजे