३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

गुरुकुल पाठशालाका लागि महायज्ञ


१७ फाल्गुन २०७३, मंगलबार  

0
Shares

वालिङ, १७ फागुन । स्याङ्जाको दक्षिणपूर्वी भेग चापाकोट नगरपालिका–१ दिम्पामा रहेको मणि मुकुन्देश्वर गुरुकुल पाठशालाले विद्यालय सञ्चालनका लागि बर्सेनि महायज्ञ सञ्चालन गर्ने गरेको छ ।

विसं २०६५ मा स्थापना भएको गुरुकुल पाठशाला सञ्चालनका क्रममा आर्थिक समस्या देखिएकाले बर्सेनि महाशिवरात्रिको अवसरमा महायज्ञ सञ्चालन गरिँदै आएको गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष दीर्घबन्धु पौडेलले बताउनुभयो ।

“निमावि स्तरीय पढाइ सञ्चालन हुने यस पाठशालामा हाल २२ जना छात्र÷छात्रा अध्ययनरत रहेका छन्” अध्यक्ष पौडेलले भन्नुभयो, “छात्र÷छात्रालाई निःशुल्क आवास, भोजन, शैक्षिक सामग्री तथा पोसाकको व्यवस्था मिलाएका छौँ ।”

पाठशालामा अन्य विद्यालयमा जस्तै विषय अध्यापन गराउनुका साथै गीता, रुद्री र भागवतजस्ता विषय पनि अनिवार्य गरिएको छ ।

“एक शताब्दी पुरानो मणि मुकुन्देश्वर मन्दिरको नाममा रहेको ३२ रोपनी जग्गाको आम्दानीबाट पाठशाला सञ्चालन गर्दै आएका थियौँ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज बरालले भन्नुभयो, “विद्यालय सञ्चालन गर्न कठिनाइ हुँदै गएकाले विगत १० वर्षदेखि बर्सेनि फरकफरक पुराण लगाउँदै आएका छौँ ।”

पवित्र उत्तरबाहिनी कालीगण्डकीको तटमा रहेको यस पाठशालाको प्रचारप्रसार गर्न र आर्थिक सङ्कलन गर्नका लागि अब आठवटा पुराण गरी १८ वटा पु¥याउने लक्ष्य विद्यालयले लिएको छ ।

यस पाठशालामा हाल जुम्ला, बर्दिया, कैलाली, कास्की, पाल्पा, तनहुँ र स्याङ्जाका गरी २२ जना छात्र÷छात्रा र चारजना शिक्षक रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार  ३ : ५१ बजे