२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

बसको ठक्करबाट मृत्यु


१७ फाल्गुन २०७३, मंगलबार  

0
Shares

बँेसीसहर (लमजुङ), १७ फागुन । पूर्वी लमजुङको राईनासमा बसको ठक्करबाट आज राईनास– ११, प्यारजुङका ६९ वर्षीय गङ्गाराम गुरुङको मृत्यु भएको छ ।

नारायणगणबाट लमजुङको बोराङतर्फ आउँदै गरेको ना ४ ख ९६ नं को बसले गुरुङलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो ।

गुरुङ प्यारजुङबाट चितवन बसाइँ सरेका थिए । बसाइँसराइको कागजपत्र मिलाउन नगरपालिका आएका बेला कार्यालय अगाडि नै दुर्घटना भएको राईनास नगरपालिकाका कार्यकारी अधिकृत नुरराज कडरियाले जानकारी दिनुभयो । बसका चालक र बसलाई धमिली कुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार  ११ : ४० बजे