३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

माटाको ढिस्को खस्दा दुईको मृत्यु


१८ फाल्गुन २०७३, बुधबार  

7
Shares

कालीकोट, १८ फागुन । सदरमुकाम मान्ममा रातो माटो लिन जाँदा ढिस्काले पुरिएर दुई महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

मृतकको नाम भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कालीकोटले मृत्युको पुष्टि नभएको बताए पनि स्थानीयवासीले भने घटना सही भएको जनाएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी निर्मल पाण्डेले बताउनुभयो । स्थानीयवासीले माटाको ढिस्काले पुरिँदा आवाज आएपछि आठ जनालाई उद्धार गरी निकालेका थिए ।
घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । अझै मानिसहरु ढिस्कामा रहेको हुन सक्ने जनाउँदै घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७३, बुधबार  १० : १२ बजे