४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

मिर्गौला रोग पीडित गीतालाई सहयोग


२० फाल्गुन २०७३, शुक्रबार  

0
Shares

इलाम, २० फागुन । इलाम कोल्बुङ–२ की मिर्गौलापीडित गीता सुनुवारको उपचारार्थ वैदेशिक रोजगारमा गएका इलामेले आर्थिक सहयोग गरेका छन् । इलामेली जनसम्पर्क मञ्च साउदी अरबले सुनुवारलाई उपचार सहयोगार्थ रु ३३ हजार नौसय आर्थिक सहयोग गरेका हुन् ।

श्रीमान् टीकाराम सुनुवारले आफ्नो श्रीमती गीताको मिर्गाैला खराब भएको कारण उपचार गर्ने क्रममा आफूसँग भएको सबै सम्पत्ति सकिएपछि आर्थिक सहयोगको याचना गर्नुभएको थियो । सोही क्रममा मञ्चलाई पनि अपिल गर्नुभएको थियो ।

मञ्चका सदस्यहरूबाट सङ्कलित स्वेच्छिक सहयोग इलामेली जनसम्पर्क मञ्च साउदी अरबका सल्लाहकार निर्मल रायमाझीले उक्त सहयोग पीडितका श्रीमान् टीकाराम सुनुवारलाई पठाउनुभएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७३, शुक्रबार  ३ : ४७ बजे