सांसदद्वारा राहत सामग्री वितरण

0 Shares

विराटनगर, १८ भदौ । सांसद अमृत अर्यालले निर्वाचन क्षेत्र नं ५ का बाढी प्रभावित परिवारलाई राहत वितरण, उत्कृष्ट विद्यार्थी र विद्यालयलाई ल्यापटप तथा प्रहरी चौकीलाई ल्यापटप र डेस्कटप कम्प्युटर वितरण गर्नुभयो ।

सिसवनीजहदा–३ मा शुक्रबार आयोजित कार्यक्रममा शैलजा आचार्य स्मृति प्रतिष्ठानबाट नर्सिङतर्फ उत्कृष्ट छात्रा स्मारिका गच्छदार, कृषितर्फ उत्कृष्ट अङ्क ल्याउने इन्जनश्री याख्या र दुर्गा उच्च मावि मझारेलाई एक एक थान ल्यापटप प्रदान गरियो ।

बाढीबाट पीडित भएका सिसवनी जहदा, भाथिगछ, मझारे, पोखरिया, बुधनगर र विराटनगरका १६, १७ र २२ वडाका १५० जनालाई राहत सामग्री प्रदान गरियो । प्रत्येक पीडित परिवारलाई बाल्टी, त्रिपाल लगायत रु एक हजार मूल्य बराबरका आवश्यक सामान प्रदान गरिएको हो ।

सो अवसरमा आयोजित कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सामाजिक सद्भावको माध्यमबाट राष्ट्रिय एकतालाई बलियो बनाउँदै विकास निर्माण कार्यलाई नै बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार