५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

केयुकेलमा भट्टराई


३ चैत्र २०७३, बिहिबार  

0
Shares

काठमाडौँ, ३ चैत । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त हुनुभएको छ ।

समितिको आज बसेको बैठकले सर्वसम्मतरुपमा भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सो मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतले पदबाट दिएको राजीनामा समितिको बोर्डले स्वीकृत गर्दै रिक्त पदमा सहसचिव भट्टराईलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७३, बिहिबार  १२ : ०९ बजे