पाठक परराष्ट्रमन्त्रीका प्रेस संयोजक

0 Shares

काठमाडौँ, १८ भदौ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त हुनुभएको छ ।

राससमा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुखमा कार्यरत रहनुभएका पाठकलाई परराष्ट्रमन्त्री डा महतको सचिवालयमा रा.प प्रथम श्रेणी सरहको नियुक्त गरिएको हो ।

पाठकले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापन गर्नुहुन्छ । उहाँका नेपाली पत्रकारिता र सूचनाको हकसम्बन्धी पुस्तक प्रकाशित छन् ।

पाठकसँग पूर्वाञ्चल विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्मा आमसञ्चार तथा पत्रकारिता विषयमा विषय समितिको सदस्यका रुपमा काम गरेको अनुभव छ ।

नेपाली पत्रकारिता र सूचनाको हकका क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न पाठकका विभिन्न पत्रपत्रिका, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुसन्धानमूलक र प्राज्ञिक जर्नलमा लेखहरु प्रकाशित छन् ।

बागलुङग जिल्लाको अमलाचौरमा विस २०३१ फागुनमा जन्मिनुभएका पाठक २० वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार