प्रेस सेन्टरमा तामाङ

0 Shares

 

खोटाङ, १८ भदौ । प्रेस सेन्टर नेपाल खोटाङका अध्यक्षमा सूर्य तामाङ चयन हुनुभएको छ ।
सदरमुकाम दिक्तेलमा शुक्रबार सम्पन्न एकतापछिको दोस्रो सम्मेलनबाट निर्वाचित एघार सदस्यीय समितिका उपाध्यक्षमा रामधन राई, सचिवमा सङ्गीता राई, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन हुनुभएको छ । सम्मेलनले भीम राई, उजुर राई र उमेत राईलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

सेन्टरको सम्मेलनपछि शुक्रबारै बसेको कार्यसमितिको पहिलो बैठकले जिल्लामा रु एक लाखको ‘पत्रकार उपचार अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार