१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

चितुवा डे«नभित्र पसेपछि समस्या


२१ चैत्र २०७३, सोमबार  

7
Shares

काठमाडौँ, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रहेको ड्रेन (पानी बग्ने नाला) भित्र चितुवा छिरेपछि समस्या परेको छ ।

आज बिहान ८ बजे एक्कासि चितुवा ड्रेनभित्र छिरेपछि समस्या परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले बुद्ध एयरका पाइलटले जहाज रोक्ने क्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको बताउनुभयो ।

प्रवक्ता ठाकुरले चितुवालाई अहिले ड्रेनको दुवै मुख थुनेर राखिएको र राति १२ः३० बजे सम्पूर्ण उडान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एयरपोर्टका कर्मचारी मिलेर उद्धार गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७३, सोमबार  ८ : २५ बजे