सुनसरी खोलमा डुबेर दुईजना बेपत्ता

Facebook Debugger

सुनसरी, १९ भदौ ।  सुनसरी खोलमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । शनिबार नरसिंह–१ स्थित सुनसरी खोलाको किनारमा खेल्ने क्रममा एकै परिवारका दुईजना बालबालिकाको डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

डुबेर बेपत्ता हुनेमा सुनसरी नरसिंह–१ बस्ने मिश्रलाल मण्डलको ८ वर्षीय छोरा मनित मण्डल र ६ वर्षीया छोरी बबिता मण्डल रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । बेपत्ताको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार