मोटरसाइकल चालकको मृत्यु

0 Shares

चितवन, १९ भदौ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको डढुवामा आज बिहान ६ बजेतिर रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना १८ प ४६९१ नंको मोटरसाइकल सोही दिशातर्फ आउन रोकेर राखेको ना ५ ख ५८३९ नंको ट्रकमा पछाडिबाट ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ बेनीघाट–७ का अन्दाजी ३५ वर्षीय राजेन्द्र सुनुवार रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते सुनुवारको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार एक व्यक्तिको चितवन मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको नाम खुलेको छैन ट्रकका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार