खोलाले बगाएको युवा मृत फेला

Facebook Debugger

तुलसी प्रसाद कोईराला
उदयपुर २० भदौ । उदयपुर जिल्लामा खोलाले बगाएर एक युवाको ज्यान गएको छ । भलायडाँडा गाविस वडा नं. ३ का १८ बर्षिय पुनम राईको स्थानीय अधेँरी खोलाले बगाएर मृत्यु भएको हो । राई आईतबार खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका थिए । उनको शव वगाएको स्थान भन्द केही तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताए ।
खोलाले बगाउने वित्तिकै प्रहरी चौकी सुकौराबाट खोजी कार्य भएकोमा आज शब फेला परेको रानाले जाकारी दिए । राई मुर्कुचीबाट घरतर्फ फर्कने क्रममा बाढिले बगाएको प्रहरीले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार