नगरपालिकामा समावेश गराउन माग

ओखलढुंगा, २० भदौ । ओखलढुंगाको बेतेनी गाविसका नागरिकहरुले सिद्धिचरण नगरपालिकामा समावेश गर्न माग गरेका छन् । यस अघि स्थानीय निकाय पुनः संरचना प्राविधिक सहयोग समितिले भौगोलिक क्षेत्रका आधारमा बेतेनी गाविसलाई लिब्जु गाउँ पालिकामा समावेश गर्न प्रस्ताव गरेको थियो । सदरमुकाम नजिकै रहेको गाविसलाई गाउँ पालिकामा नभइ नगरपालिकामा समावेश गर्न उनीहरुले माग गरेका छन् ।
भौगोलिक क्षेत्रका हिसावले पनि बेतीनि गाविसलाई सिद्धिचरण नगरपालिमा समावेश गर्न माग गर्दै २ सय ४३ जनाको हस्ताक्षरसहित बेतेनीबासीले जिल्ला प्रशासन कार्यलय, जिल्ला विकास समिति र जिल्लास्थित राजनैतिक दलहरुलाई ज्ञापन पत्र पेश गरेका स्थानीय डुकराज धमलाले जानकारी दिए ।
प्रस्तावित लिब्जु गाउँपालिकामा जन सम्पर्क, भौगोलिक विकटता रहेको र पुर्वाधारका आधारमा नजिक साँस्कृतिक, राजनैतिक, जातीयता र भाषाका आधारमा मिल्दो जुल्दो भएकाले वेतीनी गाविसलाई नगरपालिकामा समावेश गर्नु पर्ने उनीहरुको माग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार