२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

प्रधानसेनापति दक्षिण कोरियामा प्रस्थान



काठमाडौँ, २२ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्री प्रतिरक्षा सामग्री प्रदर्शनी २०१६ मा सहभागी हुन आज दक्षिण कोरियातर्फ प्रस्थान गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिनो सेनाको संयुक्त आयोजनामा मनिलामा यही भदौ २० देखि २२ गतेसम्म सञ्चालन भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुको सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी भई उहाँ फिलिपिन्सबाट आज त्यसतर्फ जानुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७३, बुधबार  १२ : ५५ बजे