११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

पूर्व सांसद् सिंहको निधनप्रति दुःख व्यक्त


१४ भाद्र २०७४, बुधबार  

0
Shares

 

काठमाडौँ, १४ भदौ । पूर्व सांसद मञ्च नेपालले मञ्चका उपाध्यक्ष बीरबहादुर सिंहको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्लले आज एक प्रेस विज्ञप्ति जारी गरी २०५६ साल देखि २०६२ साल सम्म राष्ट्रियसभामा नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुने तत्कालीन सांसद सिंहको आइतबार राति ७७ वर्षको उमेरमा निधनभएको प्रति दुःख व्यक्त गरेको हो ।
मञ्चले मृत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७४, बुधबार  १२ : ३६ बजे