सगरमाथा र कञ्चनजंघा हिमालको फोहोर काठमाडौंमा

  बुद्धवीर बाहिङ
315 Shares

काठमाडौं, २१ भदौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार मिटरभन्दा माथिको फोहोर संकलन गरी काठमाडौंमा राखिएको छ । जलवायु परिवर्तनले पार्ने नकारात्मक असरलाई चनचेतना फैलाउन फोहोरलाई काठमाडौंमा राखिएको सरसफाई अभियानका संयोजकमध्येका एक सदस्य पिके शेर्पाले बताए ।
सन् २०१० मा एक्स्टीम एभरेष्ट एक्स्पीडिसन अन्तर्गत सगरमाथाको ८ हजार मिटर माथिको फोहोर पहिलो पल्ट सरसफाई गरिएको शेर्पाले बताए । सगरमाथाको ८ हजार मिटरभन्दा माथिको फोहोर इतिहासमै पहिलो पल्ट १ हजार ८ सय किलोग्राम संकलन गरिएको थियो । फोहोरमात्र होईन त्यत्ति बेला दुई वटा लाश पनि ८ हजार मिटरभन्दा माथिबाट तल झारिएको थयो । तीन जना संयोजन सदस्यमा स्वर्गीय नाम्गेल शेर्पा र चक्र कार्की रहेका थिए ।
पछिल्लो समयमा विश्वको तापक्रम दिनप्रतिदिन बढ्दै गइरहेको बेला हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नको लागि सगरमाथा हिमालको ८ हजार मिटरभन्दा माथिको फोहोर सरसफाई गरिएको हो । ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई जनचेतना फैलाउनका लागि पनि यस्तो सरसफाई अभियान सञ्चालन गरेका हौं’ संयोजक शेर्पाले भने ।
सन् २०१० मा सञ्चालन गरिएको सरसफाई अभियानमा २० जना अनुभवी क्लाईमिङ शेर्पा र १५ जना सहयोगी सहित ३५ जनाले सगरमाथाको ८ हजार मिटरभन्दा माथिको उचाईमा फोहोर संकलन गरी सरसफाई गरेको थियो ।
कञ्चनजंघा हिमालमा पनि सरसफाई
सगरमाथा हिरक जयन्तीको अवसर पारेर सन् २०१३ मा कञ्चनजंघा हिमालको फोहोर संकलन तथा सरसफाई गरिएको थियो । ५ हजार ३ सय मिटरको उचाईमा फोहोर संकलन तथा सरसफाई गरिएको हो । १७ जनाको टोलीले २ हजार किलोग्राम फोहोर संकलन तथा सरसफाई गरेको थियो ।
त्यसैगरी सन् २०१६ मा मकालु र कञ्चनजंघा हिमालको हिरक जयन्तीको अवसर पारेर कञ्चनजंघा हिमालबाट १ हजार ८ सय किलोग्राम फोहोर संकलन गरिएको संयोजक पिके शेर्पाले बताए । १८ जना शेर्पा र स्थानीय बासिन्दाको सहयोगमा सो फोहोर संकलन तथा सरसफाई गरिएको थियो ।
सगरमाथा र कञ्चनजंघा हिमालमा संकलन गरिएको फोहोर संयोजक शेर्पाको कोठामा राखिएको छ । सो फोहोरलाई शेर्पाले जलवायु परिवर्तनको असर सम्बन्धी काम गर्ने जो कसैलाई पनि ट्याग लगाएर दिने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार