बेलायत, २५ भदौ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए) को अध्यक्षमा योगकुमार फगामी विजयी भएका छन् । अध्यक्ष फगामीले १ हजार २ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी कृष्ण तिमल्सेनाले ९ सय १२ मत र अर्का प्रतिद्धन्द्धी हिराधन राईले ५ सय ६० मत ल्याएका छन् ।
एनआरएनए बेलायतको उपाध्यक्षमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी विजयी भएका छन् । उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’ र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह कोषाध्यक्षमा गजेन्द्र गुरुङ निवाृचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ र कुमार थापा निर्वाचित भएका छन् ।
सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मुकेश राना र होमनाथ पौडेल विजयी भएका छन् । आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर विजयी भएका छन् ।
शनिबार लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार ठाउँमा राखिएका मतदान केन्द्रहरु मार्फत ७८.४ प्रतिशत मतदाताले उत्साहजनक रुपमा मतदान गरेका थिए । निर्वाचन समितिका अनुसार, हयारो बुथमा ५२३ (७७ प्रतिशत), प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको थियो । अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता थिए ।
२५ भाद्र २०७४, आइतबार
21
Shares







