९ असार २०८२, मंगलबार | Tue Jun 24 2025

खोलाले बगाउँदा एकको मृत्यु



दाङ, २३ भदौ । तुलसीपुर नगरपालिकामा रहेको लाहुरे खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर नगरपालिका–१० का ४० वर्षीय खड्गसिंह वली रहेका छन् ।

खोला तर्नेक्रममा बुधबार बगेका वलीलाई खोजी गर्दैजाँदा आज बिहान मात्र शव तुलसीपुर नगरपालिका–३ को कुलोमा फेला परेको प्रहरी निरीक्षक खुमानन्द पाण्डेयले जानकारी दिए । उनको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । रासस

प्रकाशित मिति : २३ भाद्र २०७३, बिहिबार  ८ : २३ बजे