१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

बसको ठक्करबाट महिलाको मृत्यु



उर्लाबारी (मोरङ), २४ भदौ । मोरङको कोसीहरैंचा नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

झापाको काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना५ख ७०८३ नंको बसको ठक्करबाट पैदलयात्रु भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी ३३ वर्षीया पदमकुमारी भट्ट (घिमिरे)को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७३, शुक्रबार  ५ : ४२ बजे