‘संविधान निष्क्रिय हुन सक्ने खतरा’

0 Shares

इटहरी, २४ भदौ । नेकपा(एमाले)का केन्द्रीय सचिव भीमप्रसाद आचार्यले स्थानीय प्रदेश र केन्द्र सरकारका लागि संविधानको सफल कार्यान्वयन गर्दै समय सीमाभित्रै निर्वाचन गराउन नसकिएको अवस्थामा संविधान निष्क्रिय हुन सक्ने खतरा औँल्याउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घको प्रदेश नं १ को पहिलो बैठकसभाको उद्घाटन गर्दै पूर्वमन्त्री आचार्यले नेपाली जनताले बनाएको संविधानलाई यो वा त्यो बहानामा र बाहिरी इच्छा तथा इसारामा परिमार्जन वा संंशोधन किमार्थ सम्भव नहुने बताउनुभयो ।

एमाले प्रदेश नं १ का इन्चार्ज आचार्यले संविधान संशोधनको नचाहिँदो रटान राख्नु देश र जनताका हितमा नरहेका विषयमा विश्लेषण गरेर प्रदेशभरमा जनमत तयार गर्नेतिर आफ्नो ध्यान केन्द्रित गर्न महिला सङ्घलाई सल्लाह दिनुभयो ।

एमाले केन्द्रीय सदस्य एवम् अनेमसङ्घ १ नम्बर प्रदेशका संयोजक जयन्ती राईका अध्यक्षतामा बसेको प्रदेश बैठकमा सुनसरी अध्यक्ष नीरा आचार्यले बैठकको उद्देश्यका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा महिला सांसद तथा प्रदेशका सबै जिल्लाका जिल्ला अध्यक्षको सहभागिता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार