निर्माण भइसकेका घरलाई अनुदान दिन जन्तरखानी बासीको माग

0 Shares

ओखलढुंगा, २५ भदौ । जन्तरखानी गाविसका भूकम्प पीडितहरुले पुनः निर्माण प्राधिकरणले घरका नमुना उपलब्ध गराउनु पूर्व नै निर्माण गरेका घरहरुलाई अनुगमन गरि अनुदान दिनु पर्ने माग गरेका छन् । घरका नक्सा र नमुना गाउँमा नपुग्दै भूकम्प पीडितहरुले घर निर्माण गरि बसोबास थालेकाले ती घरहरुका लागि अनुदान व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको सार्वजनिक सुनुवाइमा पीडितहरुले घर निर्माण गरिसकेकाहरुको अनुगमन गरि अनुदान दिन माग गरेका हुन् । गाविसमा ५० भन्दा बढी भूकम्पले घर पूर्ण क्षति भएका पीडितहरुले घर निर्माण गरि सकेको भन्दै स्थानीय खमबहादुर मगरले घर निर्माण गरिसकेका पीडितहरुलाई सरकारले एकमुष्ठ अनुदान दिनु पर्ने बताए ।
गाविसका राजनीतिक दलहरुले पनि घर निर्माण गरेका पीडितहरुलाई अनुदान दिलाउन माग गरेका छन् । घर निर्माण भइसकेको हकमा अनुगमन गरेर मापदण्ड अनुसारका घरलाई मात्र अनुदान दिन सकिने पुनः निर्माण प्राकिरणका इन्जिनियर विकास सिंहले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार