पुरातात्विक महत्व बोकेको पुल सङ्कटमा

Facebook Debugger

पोखरा, २५ भदौ । पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखरास्थित सेती नदीमाथि अवस्थित प्राकृतिक पुल सङ्कटमा परेको छ ।

पोखरा उपमहानगरपालिका– १७ महतगौडा र १५ को टुटङ्लाई जोड्ने ढुङ्गा र माटोबाट बनेको सयांै वर्ष पुरानो सो पुल सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा सङ्कटमा परेको हो ।

गत वर्ष वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले पूर्वपट्टी बीचमा रहेको ठूलो भाग चर्काएर कमजोर बनाएको सो प्रकृतिप्रदत्त पुललाई त्यसपछि क्रमिक रुपमा आएको बाढीले थप क्षतिग्रस्त बनाउँदै लगेको ढुङ्गेसाँघु पर्यटनस्थल संरक्षण समितिका सचिव रघुनाथ भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार हल्का यातायातका साधन ओहोर दोहोरको चाँप र दायाँबायाँ निर्माण गरिएका भौतिक संरचना र तल्लो भागमा नदीले प्रत्येक वर्ष गरेको कटानका कारण पुल दिन प्रतिदिन कमजोर बन्दै गएको सो पुलको चर्केको भाग खसेर सेती नदीको पानीको बहावलाई समेत अवरोध गर्न सक्दछ ।

लगभग ३०० फिट उचाइ र ९० फिट चौढाइ रहेको पिरामिड आकारको यो पुलको २०० फिट दक्षिण पूर्वपट्टी रहेको सानो वनको भाग नदीमा खसिरहेको छ भने सोही स्थानमा रहेको शिवमन्दिर समेत जोखिममा परेको सचिव भण्डारी बताउनुहुन्छ ।

सेती नदीको दायाँबायाँ जमिनमा धाँजा परेर विपरित दिशाबाट एकैसाथ ढलेका ठूल्ठूला दुईवटा चट्टान एक–आपसमा जोडिएको र तल्लो भाग नदीले खोलेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको हुनसक्ने स्थानीय ज्येष्ठ नागरिक चुणमणि भण्डारीको धारणा छ ।

उहाँ भन्नुहुन्छ “पुलको दुबैतर्पm जमिन फाँटेको स्थानमा पुर्खाहरुले लामालामा ढुङ्गाका छपनि राखेर मानिस तथा वस्तुलाई आवतजावतमा सुविधा पुगेको थियो भने तल्लो भागको वनमा पुरानो शिवलिङ्गसहित शङ्ख र घन्ट रहेको सो स्थानलाई वात्स्यायान ऋषिको तपोभूमिको रुपमा लिने गरिएको छ ।”

प्राकृतिक सम्पदाको उचित संरक्षण, संवद्र्धन र विकासका लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट रु १५ लाख र पाँच लाख बराबरको स्थानीय जनसहभागिता परिचालन गरी पुलको दक्षिण–पश्चिममा दृश्यावलोकनका लागि आवश्यक भौतिक पूर्वाधार तयार गरिएको छ, भने पूर्व तर्पm राष्ट्रिय परोपकार महासङ्घ नेपालको केन्द्रीय कार्यालय एवम् गुरुकुल सञ्चालन गरे पनि पुलको संरक्षणमा हालसम्म कसैको पनि चासो देखिएको छैन ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृृङ्खलाको आसपासमा रहेका हिमताल फुट्दा भीषण बाढीले ल्याएको माटो, बालुवा, गेगर, चट्टान र वन पैदावारको कारण पोखरा उपत्यकाको उत्पत्तिसँगै पुल बनेको हुनसक्ने विज्ञहरुको धारणा छ ।

“ दुई वर्षअघि २०६९ साल वैशाख २३ गते सुख्खायाममा अन्नपूर्ण हिमालको आसपासबाट आएको हिमपहिरोका कारण सेतीनदीमा आएको लेदो, गेगर र ढुङ्गा तथा पोखरा भू–वनोटको प्रकृति अवस्था मिल्दोजुल्दो भएको कारणले पनि सो कुरालाई पुष्टि गर्दछ ।”– भूगर्भविद् डा कृष्ण केसीले भन्नुभयो ।

पुलको दक्षिणपट्टिबाट नदीजन्य वस्तु निकाल्नुका साथै पुलबाट ठूला यातायाताका साधन ओहोरदोहोर गर्दा पुल दिन प्रतिदिन कमजोर हुन थालेपछि स्थानीय पहलमा नदीजन्य वस्तुको निकासी र पुलबाट ठूला यातायातका साधनलाई प्रवेश निषेध गरिएको जानकी निमाविका प्रअ श्यामप्रसाद शर्मा बताउनुहुन्छ ।

प्रकृतिले दिएका यस्ता उपहारको दोहन मात्र हैन संरक्षण, संवद्र्धन र विकासका साथै सम्भाव्यता अध्ययन अनुसन्धान गरी थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने शदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले बताउनुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार