काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुका पूर्व अध्यक्ष दोर्जी शुशिल शेर्पा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेले राष्ट्र र राष्ट्रियताको मुद्धा बोकेर राष्ट्रवादी पार्टी बनेकाले आफू नेकपा एमालेमा प्रवेश गरेको बताए । नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा शेर्पाले यस्तो बताएका हुन् ।

थप जानकारीको लागि तलको भिडियोमा क्लिक गर्नुहोस ।
https://youtu.be/VIX4fudVO6w
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा प्रमुख अतिथि मुकुन्द न्यौपानेले देशैभरी बाममय माहौल भएकाले मंसिर महिनापछि दुई तिहाई बहुमतका साथ गठबन्धनले देशको नेतृत्व सम्हाल्ने बताए । प्रमुख अतिथिको आसनबाट बोल्दै न्यौपानेले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यङ्ग्या गर्दै भने ‘शेरबहादुरको बोली नबुझेरै सँधै जनताले जिताएर पठाएका छन्, यदि देउवाको बोली बुझिने भए उहिल्यै पत्तासाफ भैसक्थे ।’

दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बाम गठबन्धनलाई जिताउनको लागि काठमाडौंमा रहेका सोलुखुम्बेलीहरु चाँडै गाउँ फर्किएर चुनावि अभियानमा लाग्नु पर्ने बताए । नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले स्थानीय तह निर्वाचनमा दुधकोशी गाउँपालिकामा गठबन्धनले ल्याएको मत भन्दा बढि ल्याउने दावी गरे ।

थप जानकारीको लागि तलको भिडियोमा क्लिक गर्नुहोस ।
https://youtu.be/wL9XjVQzH_w
नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चका सल्लाहकार बच्चुनारायण श्रेष्ठले नेपाली कांग्रेसको शोषण र दमनबाट मुक्त हुनको लागि बाम गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले जिताउनको लागि आग्रह गरे । स्थानीय तह निर्वाचनको मतपरिणामलाई जोड घटाउ गरेर ढुक्क हुनु भन्दा चुनावी अभियानमा लाग्न सबै गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । जातीय नारा लगाएर कांग्रेसले भोट मागेको आरोप लगाउँदै श्रेष्ठले भने ‘सक्छौ भने ९ हजार बढि मतलाई आफ्नो पक्षमा पारेर देखाउ, होइन भने पराजित मानसिकताले जातिय नारा लगाएर एक्काइसौं शताव्दीमा कांग्रेसको भोट माग्ने शैली काम लाग्दैन ।’

थप जानकारीको लागि तलको भिडियोमा क्लिक गर्नुहोस ।
https://youtu.be/56jHYLs1-AA
नेकपा एमाले प्रदेश सम्पर्क कमिटिका सचिवालय सदस्य टपेन्द्र कार्कीले कांग्रेसका तत्कालिन सांसद बलबहादुर केसीको ठाडो निर्देशनमा सोलुखुम्बु जिल्लालाई भूकम्प प्रभावित क्षेत्रमा नराखिएको बताए । भूकम्प प्रभावित क्षेत्रमा राख्नको लागि पहल गर्न गृह मन्त्रालयमा जाँदा सांसद केसीले सामान्य क्षति भएको रिपोर्ट बुझाएकाले प्रभावितमा नपरेको मन्त्रालयका कर्मचारीले बताएको कार्कीले भने ।

थप जानकारीको लागि तलको भिडियोमा क्लिक गर्नुहोस ।
https://youtu.be/Rg5upHMwqtc
नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुन कार्कीले सम्पर्क मञ्चले जिल्ला र केन्द्रबीचको समन्वयमा पुलको काम गरेको बताए । विभिन्न पार्टी परित्याग गरी सम्पर्क मञ्च मार्फत एमालेमा सयौं नेता तथा कार्यकर्ताहरु प्रवेश गरेको बताए । अध्यक्ष कार्कीले नेपाली कांग्रेसबाट सोलुखुम्बुका जनतालाई मुक्त गर्नका लागि सबै बामपन्थी नेता र कार्यकर्ताहरु सक्रिय रुपमा चुनावी अभियानमा लाग्नु पर्ने समेत बताए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले नेता प्रेम श्रेष्ठ र माओवादी केन्द्र सोलु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अनिल किरातीले जुनसुकै हालतमा भएपनि बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने जिम्मेवारी भएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजवादी फोरम नेपाल, माओवादी केन्द्र र स्वतन्त्र गरी १९ जना नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्ने नव प्रवेशी नेताहरुले यो देशको विकास एमालेले मात्रै गर्न सक्ने भएकाले आफूहरु राष्ट्रवादी पार्टी एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।


https://youtu.be/QPz1-JcMp8w







