अदालतको आदेश पालना गर्न माग

0 Shares

पोखरा, २७ भदौ । एम्नेष्टी इन्टरनेसनल नेपालले कृष्णप्रसाद अधिकारी हत्या घटनाको सम्बन्धमा अदालतले दिएको आदेश पालना गर्न नेपाल सरकारसमक्ष आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

एम्नेष्टी इन्टरनेसनल नेपालको पोखरामा सम्पन्न २५औँ साधारणसभाले आफ्नो छोरा हत्याको घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको माग गर्दै अभियानरत गङ्गामाया अधिकारीको मागप्रति एक्यबद्धता जनाउँदै उक्त विशेष प्रस्ताव पारित गरेको हो ।

साधारणसभाबारे जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव लेखनाथ (लक्ष्मी) निरौलाले साधारणसभाबाट अन्तर्राष्ट्रिय कानुनले अपराध भनेर किटान गरेका घटनाका दोषीको मुद्दा फिर्ता र सजाय माफी नगरिने सुनिश्चितता गर्दै पीडित र तिनका परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्नुपर्नेलगायतका विशेष प्रस्ताव पारित गरिएको जानकारी गराए ।

साधारणसभाले एम्नेष्टी इन्टरनेसनलको राष्ट्रिय कार्यसमिति तथा पुनरावेदन समितिको निर्वाचन सम्पन्न गरेको उनले जानकारी गराए ।

राष्ट्रिय कार्यसमितिको अध्यक्षमा राजन कुइँकेल, उपाध्यक्षमा धु्रव राय, महासचिवमा लेखनाथ निरौला र उपमहासचिवमा यशोदा उपाध्याय तथा पुनरावेदन समितितर्फ संयोजकमा केशव पोख्रेल, सदस्यमा वसन्त सुवेदी र प्रभा अधिकारी निर्वाचित भएका छन् । साधारणसभाको यही भदौ २४ गते नेपालका पूर्व राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार