६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

मलेसिया गएका वलीको मृत्यु



सल्यान, २८ भदौ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ ।

एक वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई आइतबार राति डब्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको बेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।

वलीको उपचारकाक्रममा मृत्यु भएको मृतक वलीकी श्रीमती सन्तु वलीले जानकारी दिए । वलीको शव मलेसियाकै अस्पतालमा रहेकाले उनले शव ल्याउनका लागि सहयोग गरिदन आग्रह गरेका छन् । मृतक वलीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । रासस

प्रकाशित मिति : २८ भाद्र २०७३, मंगलबार  १ : २२ बजे