पूर्वमन्त्री खपाङ्गीको निधन

0 Shares

काठमाडौँ, १२ भदौ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको(मगर) शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ ।

२०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी हुनुहुन्थ्यो । त्यसबेला एक वर्ष अस्पतालमा उपचार गरी उहाँ घर फर्कनुभएको थियो । शनिबार राति उहाँको श्वासप्रश्वासमा समस्या भएपछि १०ः१५ बजे अस्पताल पु¥याइएकामा १२ बजे चिकित्सकले मृत घोषणा गरेको उहाँका ज्वाइँ चन्द्रबहादुर थापा मगरले राससलाई जानकारी दिनुभयो ।

Gore Bahadur Khapangi

२०५९ असोज १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठन गरेको सरकारमा उहाँ महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो ।

खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव र नेपाल मगर सङ्घको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टिका विषयमा मगर सङ्घको बैठक बसी निर्णय गर्ने तयारी गरिएको उहाँका ज्वाइँ थापामगरले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार