काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले जनप्रतिनिधीहरुले बहाना बनाएर उम्कने बाटो नभएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न आएका गठबन्धनका प्रदेश र संघीय संसदका सदस्यहरुलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले जनताले नचाहेका कुरा नगर्न निर्देशन दिएका हुन् ।

‘जनप्रतिनिधीले जनचाहना अनुसार मात्र काम गर्नु पर्छ, आफूले गर्न लागेको कामको बारेमा सकारात्मक र नकारात्मक के के हुन सक्छन् भनेर पहिल्यै ध्यान दिनु पर्छ’ ओलीले भने, ‘अनिमात्र ५ वर्षभित्र जनताको चाहना अनुसार काम गर्न सहज हुन्छ ।’
प्रधानमन्त्री ओलीले जनताले आशा र भरोसा गरेर बामगठबन्धनलाई प्रष्ट बहुमत दिएकाले जनप्रतिनिधीले कुनै बेलामा पनि तलमाथी गर्न नहुने बताए । उपराष्ट्रिपतिको निर्वाचनमा पनि राष्ट्रपतिको निर्वाचनमा जस्तै सहयोग गर्न पनि सबै दललाई आग्रह गरे ।
कार्यक्रममा बामगठबन्धन, राजपा र संघीय समाजवादी नेपालका सातै प्रदेशका प्रदेशसभाका सांसद र संघीयसभाका सांसदहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले सोलुखुम्बु प्रदेससभा ‘ख’ सांसद तथा नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी प्रधानमन्त्री केपी शर्माओलीलाई बधाई दिँदै ।

नेकपा एमाले सोलुखुम्बु प्रदेससभा ‘ख’ सांसद तथा नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी प्रधानमन्त्री केपी शर्माओलीलाई बधाई दिँदै ।

नेकपा एमाले सोलुखुम्बु प्रदेससभा ‘ख’ सांसद तथा नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सोलुखुम्बु ‘क’ का सांसद उत्तमकुमार बस्नेत र पूर्वसभामुख सुबासचन्द्र नेम्बाङ भेट गर्दै ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीलाई सांसदहरुलाई बधाई दिँदै ।

नेकपा एमाले सोलुखुम्बु प्रदेससभा ‘ख’ सांसद तथा नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेकपा एमाले ओखलढुंगा प्रदेशसभा ‘क’ का सांसद अम्बिरबाबु गुरुङ लगायत अन्य सांसदहरु ।

नेकपा एमालेका सांसद तथा पूर्व डिअाईजी नवराज सिलवाल ।

कार्यक्रममा उपस्थित संघीय तथा प्रदेशसभाका सांसदहरु । तस्वीरः बुद्धवीर बाहिङ ।
२ चैत्र २०७४, शुक्रबार
168
Shares







