अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले नेपालको विविधता भित्रको एकता नेपाली सुन्दरताको वर्णन गर्दै सबै अष्ट्रेलियावासीलाई नेपालको आथिथ्यता ग्रहण गर्न नेपाल भ्रमणमा जानको लागि अनुरोध गरेका छन् । अष्ट्रेलिया र नेपालको सम्बन्ध ५४ औं अतिथि राष्ट्रको रुपमा स्वीकार गरिएको अवसरमा राजदूत शेर्पाले नेपाल भ्रमणमा जान अष्ट्रेलियन नागरिकहरुलाई अनुरोध गरेका हुन् ।
नेपाली राजदुताबास अष्ट्रेलियाको संयोजनमा आयोजना गरिएको कार्यक्रम सफल पार्न भूमिका खेल्ने संघसंस्था, कलाकार, पत्रकार लगायत सम्पूर्ण नेपालीहरुलाई राजदूत शेर्पाले धन्यवाद समेत दिएका छन् ।

अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्गत काउरा काउन्सिलमा सदा झै यस वर्ष पनि नेपाली महोत्सवको आयोजना गरिएको थियो । सन् १९६६ बाट शुरु भएको नेपाली महोत्सव नेपाललाई ५४ औ अतिथी राष्ट्रको रुपमा लिदै भव्य र सभ्य रुपमा महोत्सवको आयोजना गरिएको हो ।
सिटी काउन्सिलबाट निकालिएको झाँकीसहितको ¥यालीमा नेपाली भेषभूषा, बुद्ध नेपालमा जन्मेका हुन भन्ने नारा, सगरमाथा, लुम्बिनी झल्कने सामाग्री राखिएको थियो । हजारौको संख्यामा रहेका अष्ट्रेलियन र नेपाली सहभागी ¥यालीमा स्थानीय पार्कमा गएर कोण सभामा परिणत भएको थियो ।

नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध जोड्न जनस्तरमा बलियो नाता गाँस्ने, नेपालको पर्यटन विकासमा टेवा पुग्ने कार्यक्रम अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा र काउरा काउन्सिलका मेयर बिल वेष्टले संयुक्त्त रुपमा उदघाटन गरेका थिए । सो कार्यक्रममा अष्ट्रेलियाको पहिलो सगरमाथा आरोही र सबैभन्दा कम उमेरको आरोहीको समेत उपस्थिती रहेको थियो ।

यहाँका मुख्य बजार र चोक चोकमा नेपाल झल्कने पोष्टर र नेपाली पहिचान झल्काउने विभिन्न सामग्रीहरु विद्यार्थीहरुको सिर्जनामा कलात्मक ढंगले राखिएका थिए । काउन्सिल विभिन्न स्कुल र स्थानीय संघसस्था परिचालन गरिएको थियो । नेपाली दुताबासले न्यु साउथ वेल्स अन्तर्गत सिडनी, वेरन्ज र ए सि टि अन्तर्गत क्यान्भेराको नेपाली संघ संगठनसँग हातेमालो गरेका थिए ।

नेपाली दुताबासको संयोजनमा भव्य रुपमा नेपाल र नेपाली पर्यटन प्रवद्र्धनमा यस किसिमको ऐतिहासिक कार्यक्रम पहिलो पटक भएको एन. आर. एन, आदिबासी जनजाती महासंघ र अष्ट्रेलिया नेप्लिज फ्रेन्डसिप सोसाईटिको प्रतिनिधिहरुले बताए । यस कार्यक्रममा ८५ प्रतिशत अष्ट्रेलियनहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली साँस्कृतिक संगालोको अनुपम प्रस्तुती सहित राती अबेरसम्म चलेको थियो ।

१३ चैत्र २०७४, मंगलबार
357
Shares







