२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

ललितकला र संगीतको भाषा संसारका सबै मानिसले बुझ्दछन् : पूर्व अर्थमन्त्री कार्की [भिडियो सहित]


बुद्धवीर बाहिङ

१५ चैत्र २०७४, बिहिबार  

224
Shares

काठमाडौं । ललितकला र संगीतको भाषा संसारका सबै मानिसले बुझ्न सक्ने नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । ‘नेपाल निडा पेन्टिङ प्लान एयर २०१८’ को उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व अर्थमन्त्री कार्कीले जंगबहादुर बेलायत भ्रमणमा गएको बेला त्यहाँको कलात्मक चित्रकला र संगीतले मन्त्रमुग्ध भई आनन्द लिएको बताउँदै कार्कीले ललितकला र संगीत संसारका सबैले बुझ्न सक्ने भाषा भएको बताएका हुन् ।

https://youtu.be/lBuz0QZVNew
लिथुनीयाका चित्रकार सौलेसले ललितकलाबाट एक देशको प्राकृतिक सुन्दरता अर्कोदेशमा पु¥याउन र अर्को देशको प्राकृतिक सुन्दरता एक आपसमा साटासाट गरी दुईदेशबीच सुमधुर सम्बन्ध बनाउन सकिने बताएका छन् ।

https://youtu.be/ImoS_qsNCqw
ललितकला समीक्षक मुकेश मल्लले ललितकलाको यस्तो कार्यक्रमले चित्रकारको सिर्जना र क्षमतालाई प्रस्फुटन गरी कला र सँस्कृतिको विकासमा समेत टेवा पुग्ने बताएका छन् । समीक्षक मल्लले यस किसिमको कार्यक्रम नेपालमा धेरै आयोजना हुने भएपनि यो कार्यक्रम एक विशेष महत्वको भएको बताएका हुन् ।

Sagarmatha

https://youtu.be/M3_TSKROprU
धनु आर्ट स्टुडियोका प्रमुख धनबहादुर याक्खाले ललितकलाले गर्दा लिथुनीयामा नेपाली कला र सँस्कृतिलाई प्रदर्शन गरेको बताए । चित्रकला प्रदर्शनीले लिथुनीया र नेपालको कला र सँस्कृतिको बारेमा जानकारी हासिल गर्न सजिलो हुने बताएका हुन् । उनले नेपाल सरकारले पनि ललितकलालाई प्राथमिकतामा राखेर सहयोग गर्नु पर्ने बताए ।

https://youtu.be/cDAZVcVp-Iw
चित्रकला प्रदर्शनीमा प्राकृतिक सुन्दरता, मानिसको दैनिक जीवनको गुजारा, हिमाल लगायत विभिन्न किसिमका क्यानभाषहरु राखिएका छन् । प्रदर्शनी मार्च २९ देखि अप्रिल ६ तारिखसम्म हुनेछ । नेपाल आर्ट काउन्सिल बबरमहमा चित्रकला प्रदर्शन भैरहेको छ । प्रदर्शनीलाई धनु आर्ट स्टुडियोले आयोजना गरेको हो ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्रहरु ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्रको बारेमा अवलोकनकर्तालाई बताउँदै चित्रकार नरबहादुर बिके दायाँ ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्रहरु ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्रहरु ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्रहरु ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्रहरु ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्रहरु अवलोकल गर्दै दर्शकहरु ।

धनु आर्ट स्टुडियोले बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको कलात्मक चित्र प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

उदघाटन कार्यक्रम सकिएपछि सामूहिक फोटो खिच्दै प्रमुख अतिथि, आयोजक लगायत अतिथिहरु । तस्वीरः बुद्धवीर बाहिङ राई ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार  ७ : १६ बजे