२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

खेलकुदले शान्ति र भाईचाराको सम्बन्ध बढाउँछ : राजदुत शेर्पा [फोटो फिचर]

ओसियाना नेपाली खेलकुद मेला सिड्नीमा सम्पन्न


सगरमाथा समाचारदाता

१९ चैत्र २०७४, सोमबार  

1k
Shares

सिड्नी । अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले खेलकुदले शान्ति, समृद्धि र भाईचाराको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने बताएका छन् । सिड्नीमा आयोजना गरिएको ओसियाना नेपाली खेलकुद मेलाको समापन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै राजदुत शेर्पाले दीर्घ जीवनको लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

नेपाल सरकार खेलकुद कुटनीति मार्फत पनि अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्न चाहेको कुरा शेर्पाले बताए । नेपालमा अन्तरराष्ट्रिय स्तरको रङ्गाशाला निर्माणमा पहलकदमी हुँदै गरेकोमा अष्ट्रेलियामा रहेको नेपालीहरुले त्यस कार्यमा हातेमालो गर्दै सहयोग गर्ने उनले बताए । शेर्पाले विदेशमा रहेर पनि खेलकुद मार्फत नेपाली मन जोड्न र नेपाल चिनाउने कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् ।

मिनी ओलम्पिकको रुपमा हरेक दुई वर्षको अन्तरालमा ओसियाना नेपाली खेलकुद मेला आयोजना हुँदै आएको छ । ओसियाना क्षेत्र अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायत देशहरुमा बसोबास गर्ने नेपालीहरुबीच हुने खेलकुदलाई मिनी ओलम्पिकको रुपमा हेरिदै आएको छ ।

भलिबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टन, टेनिस, लन टेनिस, बास्केट बल, गल्फ, क्रिकेट, ५,००० मिटर दौड लगायत ११ वटा विधाका प्रतियोगीता हुने गरेको छ । यस पटकको खेलमा विभिन्न उमेर समूहका गरी सात सय सहभागीहरुले भाग लिएको नेपाली रिक्रीयसन सेन्टरका अध्यक्ष विष्णु हमालले जानकारी दिए ।

खेलकुदको उदघाटन सत्रमा नेपाली अवैतनिक बाणिज्यदुत दिपक खड्काले खेलकुदमा खेल जित्नको लागि मात्र नभएर खेल भावनात्मक सम्बन्धका लागि पनि खेलिने बताए । तीनदिनसम्म भव्य र सभ्य रुपमा चलेको सो खेलकुद मेलाको समापन विजयी खेलाडी, आयोजक, प्रायोजकहरुलाई पुरस्कार र सम्मानपत्र वितरण गरिएको थियो । पुरस्कार र सम्मानपत्र अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाको हातबाट प्रदान गरिएको थियो ।

कार्यक्रममा अष्ट्रलियाका बाणिज्यदुत दिपक खड्का, एन.आर.एन.आइ.सी.सी.का अध्यक्ष भवन भट्ट, न्यु साउथ बेल्सका सांसदहरुको उपस्थिती रहेको थियो ।

अब सन् २०२० मा क्यान्भेरामा नेपाली खेलकुदको आयोजना हुनेछ । खेलकुद अन्त्यमा साँस्कृतिक कार्यक्रम सहित समापन गरिएको थियो ।

मायाको चिनो प्रदान गर्नुहुँदै राजदुत लक्की शेर्पा ।

मायाको चिनो प्रदान गर्नुहुँदै राजदुत लक्की शेर्पा ।

मायाको चिनो प्रदान गर्नुहुँदै राजदुत लक्की शेर्पा ।

सामूिहक फोटो खिचाउँदै खेलाडि तथा अतिथिहरु ।

सामूहिक फोटो खिचाउँदै खेलाडीहरु साथमा राजदुत लक्की शेर्पा र ङवाङसोनाम शेर्पा ।

पुरस्कार ग्रहण गरेपछि सामूहिक फोटो खिचाउँदै खेलाडीहरु ।

पुरस्कार ग्रहण गरेपछि सामूहिक फोटो खिचाउँदै खेलाडीहरु ।

पुरस्कार ग्रहण गरेपछि सामूहिक फोटो खिचाउँदै खेलाडीहरु ।

पुरस्कार ग्रहण गरेपछि सामूहिक फोटो खिचाउँदै खेलाडीहरु ।

पुरस्कार ग्रहण गरेपछि सामूहिक फोटो खिचाउँदै खेलाडीहरु ।

नृत्य प्रस्तुत गर्दै नेपाली कलाकार ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार  ६ : ४५ बजे